नमस्‍ते नेपाल

January 6, 2011

किरात याक्थुङ चुम्लुङ द कोरियाले सिरीजङगा साँस्कृतिक सौगात २०११ को आयोजना गर्ने

Filed under: समाचार

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले कोरियाली चाँड सलनालको अवसरमा आगमि फेब्रुवरी ४ तारिका दिन नेपालका चर्चित गायक तथा गायीकाहरुको उपस्थितिमा दक्षिण कोरियामा सिरीजङगा साँस्कृतिक सौगात २०११ को आयोजना गर्ने भएको छ ।चर्चित आधुनिक गायिका अन्जु पन्त, रक पप गायिका अभया सुब्बा चर्चित लोक गायक राजु परियार लोक गायिका बीमाकुमारी दुरा र हाँस्य कलाकार मजोज गजुरेल तथा नायिका रंजिता गुरुङले उक्त सिरीजङगा साँस्कृतिक सौगात २०११ मा आफ्ना प्रस्तुति प्रस्तुत गर्ने छन ।
सोल शहरको के वि एस ८८ स्टेडियममा अपरान्ह १ बजे देखि आयोजना गरिने सो साँस्कृतिक सौगात कार्यक्रममा पुग्न ५ नम्बरको ट्रेनको प्रयोग गरी फालसान स्टेशनबाट जान सकिने बताइएको छ ।

June 3, 2010

प्रचण्डका तीन ऐतिहासिक असफलताहरु

नेपाल अहिले पनि राजनीतिक अन्यौल र अनिश्चिततावाट गुजिरहेको छ। १० वर्षे द्वन्दकालवाट गुजि्रएर शान्ति प्रकि्रया शुरु भई संविधानसभाको निर्वाचन सम्पन्न भैसक्दा पनि देशले राजनीतिक स्थिरताको वाटो पक्रन नसक्नु धेरैका लागि चिन्ता र चासोको विषय वनेको छ। खासगरी माओवादीले आफूलाई नेपालका अन्य राजनीतिक पार्टीभन्दा पृथक अस्थित्वको वताउदै सत्ता र शक्तिका लागि रडाको मच्चाउँदा अहिलेको अवस्था आएको हो। तर गतिविधिका हिसावले हेर्ने हो भने माओवादी पनि नेपालका अन्य अन्य राजनीतिक पार्टीभन्दा पृथक देखिन सकेको छैन। माओवादीका अध्यक्ष प्रचण्डले पटक पटक असफल भएर पनि आफ्नो दम्भ प्रदर्शन गर्न छाड्नु भएको छैन। आफ्नो सही धरातल पत्ता लगाएर ब्यवहार नगरेसम्म यस्ता असफलताहरु पटक पटक दोहरिने छन्। अहिलेको अवस्थामा माओवादीका अध्यक्ष प्रचण्डका असफलताहरुको वस्तुतथ्य विश्लेषण हुनसक्ने हो भने पनि नेपालको राष्ट्रिय राजनीतिका संभावनाका वारेमा केही आंकलनहरु प्रस्तुत गर्न सकिन्छ। उहाँका सूचिकृत गर्न लायक अनगिन्ति गल्ति र असफलताहरु छन्। तर त्यसमध्ये निम्न ऐतिहासिक तीन असफलतालाई मात्र टिकाटिप्पणीको विषय (more…)

May 31, 2010

६० वर्षे उमेरमा पहिलो पटक विवाह-उत्सव

- युवायुवतीमा प्रेमविवाह तथा विवाह-उत्सव गर्ने चलन नौलो होइन, तर ६० वर्षे उमेरमा आएर पहिलो पटक विवाह-उत्सव मनाउँदा भने उनलाई अनौठो महसुस भयो। विवाह गरेको ३४ वर्षपछि पहिलो पटक छोराबुहारी र बुढ्यौलीकै साथीसँग विवाह-उत्सव मनाउन पाउँदा पर्वत शिवालय गाविस-१, खरेहाका खेमनाथ शर्मा जीवनमै सबैभन्दा खुसी भए। (more…)

नारायणी संघको ६० प्रतिशत सवारी दुर्घटनामा

Filed under: अन्‍य

मुलुककै सबैभन्दा धेरै सदस्य रहेको यातायात व्यवसायीको संस्था नारायणी यातायात व्यवसायी संघका अधिकाशं सवारीहरू दुर्घटनामा पर्ने गरेका छन्। संस्थाको सदस्य सवारीमध्ये यसवर्षकरिब ६० प्रतिशत सवारीसाधन दुर्घटनामा परेका हुन्। संघका सदस्य रहेका करिब ४ हजार सवारीमध्ये यसवर्ष ६० प्रतिशत दुर्घटनामा परेको देखाएको छ। करिब २ हजार ५ सय सवारीसाधन यसवर्षदुर्घटनामा परेको तथ्याङ्कले देखाएको छ। संघको तथ्याङ्कअनुसार गतवर्षसाउनदेखि वैशाखसम्मको तुलनामा (more…)

May 28, 2010

गणतन्त्रमाथि बलात्कार

गणतन्त्र वा लोकतन्त्र शब्द र परिभाषाभन्दा जनतालाई खाँचो प्रत्याभूतिको हो। तर, त्यो प्रत्याभूति कहिले भेटिने हो यो अनिश्चितताले आमनेपालीलाई अत्यन्तै पिरोलेको छ। जनताले चुनेर पठाएका जनप्रतिनिधिले जनहितका लागि चलाउने शासन-पद्धतिलाई नै सामान्य भाषामा लोकतन्त्र वा गणतन्त्र भनेर हामी बुझ्छौँ । जनताको शासन भनिसकेपछि जनताका दुःख र मर्म सम्बोधित हुन्छन् भनेर सबैले बुझेका हुन्छन्। त्यही बुझेर नै जनताले धैर्यका साथ पर्खिएका हुन्, दोस्रो गणतन्त्र दिवस र नयाँ संविधानको एकसाथ स्वागत गरौँला भनेर। किनकि, त्यही मर्म बुझिदिऊन् भन्ने आशाले नै संविधानसभा निर्वाचनमार्फत दलहरूलाई जनताले आफ्नो अमूल्य मत दिएर पठाएका थिए ।
दलहरूले पनि जनताका दुःखमा मलम बन्ने अठोट गरेर नै आजभन्दा दुई वर्षअघि शपथ खाएका थिए । जनतालाई अलिकति पनि लागेको थिएन कि, कसम माटोमा मिलाउँछन् यी दल र यिनका नेताले भनेर। (more…)

December 27, 2008

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम विष्फोट

राजधानीस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य गेटमा बम केहीबेरअघि बम विष्फोट भएको छ। अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान जाने बाटोमा रहेको बुद्ध एयरको कागो सेन्टर नजिक विष्फोट भएको हो । विष्फोटबाट सुष्मिता श्रेष्ठ घाइते भएको बताइएको छ। घाइते श्रेष्ठको ढाडमा बमको छर्रा लागेको बताइएको छ। (more…)

July 16, 2008

विद्रोह गर्ने सशस्त्र प्रहरीमाथि पनि कारवाही शुरू

Filed under: समाचार

< जनपथ प्रहरीले नेपालगञ्जमा आफ्ना वरिष्ठ प्रहरी अधिकृतहरूलाई बन्धक बनाउने र गणलाई नियन्त्रणमा लिने तल्लो दर्जाका प्रहरीलाइ कारवाही थालेको दोश्रो दिन शसस्त्र प्रहरीले पनि उसको कारवाही अगाडि बढाएको छ । (more…)

अन्तिम राजा

Filed under: समाचार

< संविधानसभाले गणतन्त्रको घोषणा गरेपछि पृथ्वीनारायण शाहदेखि शुरु भएको नेपालको अढाई सय वर्ष पुरानो शाहवंशीय राजतन्त्रको अन्तिम राजा ज्ञानेन्द्र शाह बन्न पुगेका छन्। दुई दुई पटक राजा बनेका ज्ञानेन्द्र सामान्य नागरिक भएका छन्। (more…)

June 22, 2008

राष्ट्रिय झण्डा पनि संकटमा

विश्वका झण्डाहरुमध्ये युनिक र आर्कशक त्रिकोण आकारको चन्द्र सुर्य अंकित नेपाली राष्ट्रीय झण्डा पनि अब आन्दोलनको तारो बन्ने भएको छ । रातो र चन्द्रं सुर्य अंकित राष्ट्रीय झण्डा हिन्दुवादी सोचको रहेकाले यो परिर्वतन गर्नुपर्ने माग अगाडि सार्दै मंगोल नेसनल अर्गनाइजेसन आन्दोलनमा होमिने भएको छ । यदी झण्डा नफेरिए हतियार उठाएर सशस्त्र आन्दोलन गर्ने सो संगठनका अध्यक्ष गोपाल गुरुगंले चेतावनी नै दिएका छन । यस अगाडि स्वतन्त्र तराईको बहानामा तराईमा राष्ट्रिय झण्डा जलाइएको नै हो । अब काठमाडौंमा नै राष्ट्रको (more…)

June 15, 2008

ज्ञानेन्द्रको तेश्रोपटक राजा हने धोको - हरिप्रसाद पोखरेल

‘नियती नै भन्नुपर्ला, म एउटा बालक छँदा मैरो शीरमा पहिर्याइएको श्रीपेच चुपचाप थाप्नेबाहेक मेरो न त चाहना थियो, न त इच्छा। न त कुनै भुमिकाको गुन्जाइस नै थियो। त्यस्तै २०५८ साल जेठ १९ गत० राती दोश्रोपटक एउटा त्रासदीपुर्ण घटना राजदरवारमा घट्दा मैरो पुजनीय दाजुभाउजु लगायत आफ्ना आत्मीय परिवारको विभत्स हत्या भएको र ती प्रिय आदरणीय परिवारको शवमा आँशु बगाएर हल्का पार्नसक्नै मौका समेत नपाउने परम्परा र कर्तव्यकौ जन्जिरमा बाँधिन विवश मेरो अन्तर वेदना शव्दमा व्यक्त गर्न म सक्दिन।’ जैठ २९ गत० पत्रकार सम्मेलनमा पर्वराजालै भनेका भनाइ हन् यी। (more…)






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft